ट्रम्प-पुटिनको मित्रताप्रति जेलेन्स्कीको असन्तुष्टि, भने-‘आक्रमणकारी कहिल्यै मित्र हुन सक्दैन’

  • शनिबार १३ मंिर २०८३ ०३:०० AM
काठमाडौँ : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको मित्रताप्रति असन्तुष्टि जनाएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा उनले पुटिनलाई ‘मित्र’ भनेर सम्बोधन गर्नु अनौठो भएको टिप्पणी गर्दै आक्रमणकारी र हत्यारा कहिल्यै मित्र हुन नसक्ने बताएका हुन् ।किभस्थित आफ्नो कार्यालयमा बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले रुस-युक्रेन युद्ध अन्त्यका लागि भइरहेको शान्ति वार्तामा अमेरिकाले रुसमाथि पर्याप्त दबाब दिन नसकेको आरोप लगाए । ट