नेपाल उद्योग वाणिज्य महासंघको रोकिएको मतदान पुनः सुरु

काठमाण्डौँ - नेपाल उद्योग वाणिज्य महासंघको मतदान पुनः सुरु भएको छ ।  मतदाता तथा समर्थकहरुले एसोसिएटको मतदान स्थलमा होहल्ला गरेसँग रोकिएको मतदान पुनः सुरु भएको हो ।

महासंघको नयाँ कार्यसमिति चयनका लागि बुधवार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान प्राविधिक तयारी नपुगेको भन्दै दुई घण्टा ढिला शुरु भएको थियो। जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ। निर्वाचनमा मोबाइल, प्रज्वलनशील पदार्थ निषेध गरिएको छ। समर्थकले वरिष्ठ उम्मेदवारको पक्षमा भोट माग्दै हुटिङ गरेका छन्। ‘भोट फर अञ्जन’, भोट फर संघाई, भोट फर उमेशलाल भन्दै समर्थकले होहल्ला गरेसँगै मतदान  स्थगित भएको छ।