सर्लाहीमा खेत जोत्ने क्रममा ट्याक्टरमा करेन्ट लागेर एक जनाको मृत्यु  

काठमाडौँ । सर्लाहीको ब्रह्मपुरीमा खेत जोतिरहेको ट्याक्टरमा करेन्ट प्रवाह हुँदा चालकको ज्यान गएको छ ।

ब्रह्मपुरी गाउँपालिक २ स्थित खेतमा चैते धान रोप्नका लागि जोतिरहेको ज१त ४३१४ नम्बरको ट्याक्टरमा अचानक करेन्ट प्रवाह हुँदा ट्याक्टर चालक सोही ठाउँका २७ वर्षीय राजेश पासवानको मृत्यु भएको हो ।

बिहीबार दिउँसो गम्भीर घाइते भएका उनको उपचारको क्रममा बिहीबार साँझ प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पासवानको शव प्रादेशिक अस्पतालमा पोष्टमार्टमपछि आफन्तले बुझि लगेका प्रहरीले जनाएको छ ।