काठमाडौं : मुस्ताङमा भारत सरकारको सहयोगमा निर्मित छात्रावास भवनको उद्घाटन गरिएको छ। लोमन्थाङ गाउँपालिका-२ स्थित श्री दिव्य दीप माध्यमिक विद्यालयको नवनिर्मित छात्रावास भवनको भारतीय दूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र पालिका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त छात्रावास भवन लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो।भवन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्षसहित स्थानीय सरोकारवालाहरू