आगलागीमा परी घाइते भएका तामाङको उपचारको क्रममा मृत्यु  

काठमाडौँ । रामेछापको मन्थली नगरपालिका ९ पुरानागाँउमा आगलागीमा परी गम्भीर घाइते भएका वृद्ध महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

आज विहानको समयमा आफ्नै बारीमा झुस सुकेको पत्कर झ्यास पोल्ने क्रममा पुरानागाँउ लामाटोलकी ८५ वर्षीय लालमाया तामाङ घाइते भएकी थिइन् ।

प्रहरी र स्थानीयको सहयोगमा घाइतेलाइ काठमाण्डौँ अस्पतालमा पठाइएकोमा उपचारकको क्रममा हिजो राति १२ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रामेछापले जानकारी दिएको छ ।