लुम्बिनी प्रदेशसभा बैठक जारी,  मुख्यमन्त्रीले विश्वासको मत लिँदै

बुटवल - लुम्बिनी प्रदेशसभाको बैठक सुरु भएको छ । आजको बैठकमा सरकारका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिँदैछन् । 

चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका  महरालाई पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेशसभा सदस्यको समर्थन छ । मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।