खोटाङ । हलेसी तुवाचुङ नगरपालिकामा निर्माणाधीन बहुसांस्कृतिक सङ्ग्रहालयमा प्रदर्शन तथा संरक्षणका लागि विभिन्न जातजाति र समुदायको मौलिक पहिचान झल्काउने परम्परागत सामग्री सङ्कलन सुरु गरिएको छ । नगरपालिकाभित्र बसोबास गर्ने सबै जातजाति तथा समुदायका मौलिक संस्कार, संस्कृति, परम्परा, रहनसहन र ऐतिहासिक पहिचानको संरक्षण, प्रवर्धन तथा भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कोशी प्रदेश सरकारसँगको साझेदारीमा सङ्ग्रहालय निर्माण