सुनको मूल्यमा नयाँ किर्तिमानी कायमै, प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार !

काठमाडौँ । नेपाली बजार आज शुक्रबार सुनको मूल्य दुई हजार चार सय रुपैयाँले बढेर फेरि नयाँ किर्तिमान बनाएको छ ।

बिहिबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ३९ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ पुगेको छ । यता, चाँदीको मूल्य ५० रुपैयाँले बढेर आज प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।