काठमाण्डु– प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले प्राप्त सुझाव समेटेर निर्वाचन आयोगको रणनीतिक योजनालाई परिमार्जन गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । रणनीतिक योजनाको समीक्षा तथा छलफलका क्रममा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएका ३५ कार्यक्रममध्ये १६ वटा आंशिक रूपमा कार्यान्वयन भएको र १० वटा सुरु नै हुन नसकेको पाइएको छ । निर्वाचन आयोगद्वारा