सुर्तीजन्य वस्तुमा प्रतिबन्ध लगाउन सांसदहरूको माग  

काठमाडौँ । सांसदहरूले सुर्तीजन्य पदार्थमाथि प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन्। उनीहरूले शुक्रवार काठमाडौँमा आयोजित स्वास्थ्य सबैको सरोकार संवाद शृंखला कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो माग गरेका हुन्।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका सांसद माधव सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले यस्तो माग गरेका हुन्।

यसैगरी सांसद सापकोटाले सुर्तीजन्य पदार्थको प्रयोगमा पूर्ण प्रतिव्बन्ध लगाउने दिशामा सोच्न जरुरी रहेको बताए। उनले सबै राजनीतिक दलहरूले पनि सैद्धान्तिक रूपमा यसबारेमा छलफल गर्न जरुरी रहेको बताए।

सांसद झाले सुर्तीजन्य वस्तुको आयात नियमन र नियन्त्रणमा सरकार कठोर बन्नुपर्ने बताए।