बालेन र बेनको सनकले देशको भविष्य अन्धकारतर्फ धकेलिँदैछ : नेता रिजाल

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:४६ PM
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य निलकण्ठ रिजालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्रीको सचिवालयबाट राज्यका सम्पूर्ण निकाय नियन्त्रण गर्न खोजिएको आरोप लगाएका छन्। रिजालले अप्रत्याशित जनमत प्राप्त गरेर बनेको सरकारले लोकतन्त्रको सामान्य मर्मसमेत पालना नगरेको बताएका छन्। सुरक्षा निकाय, न्यायालय र संवैधानिक निकायमा सरकारको हस्तक्षेप देखिएको उनको आरोप छ। ‘एउटा व्यक्तिको सनक र लहडले देशको भविष्य अन्धकारतर्फ धकेलिँदैछ। देशका सम्पूर्ण निकाय एउटै व्यक्तिको नियन्त्रणमा राख्न खोजिएको छ’, उनले भनेका छन्। उनले अहिले राज्यका निकाय प्रधानमन्त्रीको सचिवालयबाट सञ्चालन भइरहेको र राज्यका हरेक निकायमा प्रधानमन्त्रीको सचिवालयको प्रभाव बढेको आरोप लगाए। ‘बालेन र बेनको राज्य आतंक’ बाट मुलुकलाई मुक्त पार्नुपर्ने आवश्यकता महसुस भएको उनको भनाइ छ। नेता रिजालले बैठकमा भातृसंस्थाहरूको अधिवेशन, गुटबन्दी, आर्थिक चलखेल जस्ता विषयमा प्रश्न उठाएका छन्।  बैठकमा रिजालले उठाएका १० सवाल १