नुवाकोट : नुवाकोटमा यात्रुवाहक गाडी दुर्घटना भएको छ। शिवपुरी गाउँपालिका–५, आलडाँडामा टाटासुमो गाडी दुर्घटना हुँदा ६ महिलासहित १२ जना घाइते भएका छन्।गुर्जेभञ्ज्याङ–दुप्चेश्वर भित्री सडकखण्डअन्तर्गत आलडाँडामा मानेभञ्ज्याङबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४३७५ नम्बरको गाडी अनियन्त्रित भई पल्टिँदा १२ जना घाइते भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) इकवाल हवारीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि काठमाडौं पठाइएको छ।दुर्घटनामा टाटासुमो चालक नुवाकोटको दुप्च