काठमाडौं : दसौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा एपीएफ, सुदूरपश्चिम, नेपाल पुलिस र नेपाल आर्मी शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन्।सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशाला हातामा भएको खेलमा एपीएफले गण्डकीलाई ७९–१२ अंकले पराजित गर्यो। एपीएफको जितमा रिन्चेन मोक्तानले १४ अंक योगदान गरिन्। अनिशा आले मगरको १० अंक सहयोगमा सुदूरपश्चिमले लुम्बिनीलाई ३९–१६ ले हरायो।पुलिसले कोशीमाथि ५५–४० को जित दर्ता गर्यो। पुलिसकी दिभा महर्जनले १६ स्कोर