नयाँ वर्षको अवसरमा डिशहोमको अफर,  तीन हजारमै वार्षिक रिचार्ज

काठमाडौँ । नयाँ वर्षको अवसरमा डिशहोमले ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ । योजनामा ग्राहकहरुले ३ हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ग्राहकहरुले नजिकैको डिलरदाइ कहाँ गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्नेछन् ।

नेपालभरका डिशहोमका डिलर तथा सबडिलरहरुमार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।