चितवनमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना

  • शुक्रबार​ १२ मंिर २०८३ ०१:४० PM
कृषि तथा वन विज्ञान विश्वविद्यालयका अनुसन्धानकर्ता, प्राध्यापक र विद्यार्थीको पहलमा भरतपुरमा नेपालको पहिलो ‘जेब्रा फिस अनुसन्धान केन्द्र’ स्थापना गरिएको छ । नेपालका प्राकृतिक जलस्रोतमा पाइने जङ्गली ‘जेब्रा फिस’ को पहिचान, आनुवंशिक विविधताको अध्ययन, संरक्षण तथा आधुनिक जैविक अनुसन्धानलाई प्रवर्धन गर्ने उद्देश्यले भरतपुर महानगरपालिका–७ मा नेपाल जेब्रा फिस इन नेचर सेन्टर (एनजिन्क) स्थापना गरिएको हो ।