प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्न लागेका प्रहरी उपरीक्षक (एसपी)हरूलाई निष्पक्ष, अनुशासित र परिणाममुखी भएर कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानिरीक्षक केसीले समसामयिक सुरक्षा चुनौती, व्यावसायिक आचरण, नेतृत्वको भूमिका, जवाफदेहिता तथा संगठनका नीतिगत प्राथमिकताबारे निर्देशन दिएका हुन् । उनले नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै