मलाई खरानी बनाउन भट्टीमा हाले पनि झन् खारिएर निस्किएँ : टोपबहादुर रायमाझी

  • शुक्रबार​ १२ मंिर २०८३ ०७:०० PM
अर्घाखाँची : पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफूलाई खरानी बनाउने उद्देश्यले भट्टीमा हाले पनि आफू झन् खारिएर निस्किएको बताएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा तीन वर्षभन्दा बढी समय जेल जीवन बिताएर गत कात्तिक २६ गते रिहा भएका रायमाझी शुक्रबार आफ्नो गृह जिल्ला अर्घाखाँची आइपुगेका हुन्। गृह जिल्ला आगमनका क्रममा सन्धिखर्क नगरपालिकामा आयोजित स्वागत कार्यक्रममा संक्षिप्त कुराकानी गर्दै उनले आफूविरुद्ध विभिन्न बहानामा षड्यन्त्र गरिएको र त्यसकै कारण लामो समय