जापानको टोकियोमा महँगी १६ महिनायताकै उच्च

  • शुक्रबार​ १२ मंिर २०८३ १२:३१ PM
एजेन्सी– जापानको राजधानी टोकियोमा उपभोक्ता मूल्यवृद्धि नोभेम्बरमा २.९ प्रतिशत पुगेको छ। यो पछिल्लो १६ महिनायताकै उच्च मुद्रास्फीति दर हो । जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकअनुसार गत वर्षको सोही अवधिको तुलनामा टोकियोको मुख्य उपभोक्ता मूल्य सूचकांक (कोर सीपीआई) २.९ प्रतिशतले बढेको हो । अक्टोबरमा यस्तो वृद्धि २.६ प्रतिशत थियो ।