काठमाडौं । राइड शेयरिङ प्लेटफर्मले यात्रुसँग लिने भाडाबारे वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चासो देखाएको छ । विभागले पठाओ, इन्ड्राइभ र याङ्गोजस्ता राइड शेयरिङ कम्पनीसँग भाडा निर्धारण गर्ने आधार र सेवा शुल्कबारे जानकारी मागेको हो । विशेषगरी पानी परेको बेला र कार्यालय जाने तथा फर्किने समयमा राइड शेयरिङको भाडा अस्वाभाविक रूपमा बढ्ने गरेको गुनासो