परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र निकायहरूसँग समन्वय सुरु गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा जारी भएको नेपाल–भारत संयुक्त दृष्टिकोणपत्र (जोइन्ट भिजन डकुमेन्ट) लगायतका सहमति कार्यान्वयनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी