भरुवा बन्दुकसहित एकजना पक्राउ  

काठमाडौँ । रामेछापमा भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मन्थली नगरपालिका-१३ फुलासी घ्याङडाँडास्थित जंगलबाट अवैध भरूवा बन्दुक १ नालसहित सोही नगरपालिका-११ काउले बस्ने ४२ वर्षीय कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

भरूवा बन्दुक लिई हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी फुलासीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।