काठमाडौं : निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा थप चुनौतिहरू सिर्जना भएको जनाएको छ । शुक्रबार ललितपुरमा आयोजित आयोगको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको मध्यावधि मूल्याङ्कनका लागि सरोकारवालासँगको परामर्श छलफलमा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले एआई,साइबर सुरक्षा तथा सामाजिक सञ्जालबाट फैलिने गलत र भ्रामक सूचनाको चुनौतीलाई सम्बोधन गर्नुपर्ने देखिएपनि निर्वाचनसम्बन्धी कानुन समयमै निर्माण हुन नसक्दा समस्या देखिन सक्ने बताए । उनले निर्वाचनसम्बन्धी कानुन सुधार,२०८४ सालक