काठमाडौं : सरकारले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा २९ वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार सिंहदरवारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालले सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा २९ वटा फर्म तथा कम्पनीलाई प्रचलित कानुनअनुसार कालोसूचीमा राखेको जानकारी दिए। उनले निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई राय तथा