पिसाब पोल्ने लगायतका यी लक्षण भए मिर्गौला बिग्रीएको हुन सक्छ!

काठमाडौं - मिर्गौला मानिसको सबैभन्दा महत्त्वपूर्ण अंग हो। मृगौलाले हाम्रो शरीरलाई रगतबाट फोहोर वा विषाक्त पदार्थसहित अतिरिक्त तरल पदार्थ निकालेर राम्रोसँग सफा गर्छ। यसले रातो रक्त कोशिकाहरू बढाउँछ र भिटामिन डी समावेश गर्दछ।

चिकित्सकहरुका अनुसार गर्मी मौसममा डिहाइड्रेसन बढ्ने हुँदा मिर्गौलाले धेरै पटक राम्रोसँग काम गर्न सक्दैन । शरीरमा हाइड्रेटेड हुँदा मिर्गौला मात्र स्वस्थ रहँदैन, रगत प्रवाहको सन्तुलन पनि कायम रहन्छ। त्यसैले गर्मीमा मिर्गौलाको हेरचाह आवश्यक हुन्छ । आज हामी मृगौला रोगको कारण र लक्षणहरु के के हुन् र कुन उपायहरु मार्फत तपाईले आफ्नो मृगौलाको हेरचाह गर्न सक्नुहुन्छ भनी बताउनेछौं ।

मृगौला फेल हुने थुप्रै कारणहरू छन् जो निम्नानुसार छन् । डाइबिटिज, आनुवंशिक धेरै मात्रामा कडा औषधिहरू सेवन गरेमा, नेफ्रोटिक सिन्ड्रोम आदि कतिपय बेलामा अचानक मृगौलाले काम गर्न छोड्न सक्छ जसलाई एक्युट रेनल फेलर अथवा एक्युट किड्नी इन्जरी भनिन्छ। यसरी अचानक मृगौलाले काम नगर्दा जिवनभर नै काम नगर्ने भने हुँदैन । यसको उपचार गरि फेरि मृगौलाई स्वस्थ बनाउन सकिन्छ। यस्तो इक्युट रेनल फेलरको पनि थुप्रै कारणहरू छन् जस्तैः हृदयघात, लागूपदार्थको प्रयोग, मूत्रमार्गमा समस्या, मिर्गौलामा पर्याप्त मात्रामा रगत नबग्दा यस्तो समस्या हुने गर्दछ ।

मृगौला फेल हुँदा देखिने लक्षणहरुः

–पिसाबको रंग परिवर्तन हुनु।

– बारम्बार पिसाब लाग्नु ।

–पिसाब गर्दा पोलेको को अनुभूति हुनु।

–खुट्टा सुन्निनु ।

–वाकवाकी महसुस हुनु।

–भो नलाग्नु।

–चिडचिडापन ।

–थकित हुनु।

–ढाड दुख्नु।

–तल्लो पेट दुख्नु।

यदि मिर्गौलाले अचानक काम गर्न छाडेमा देखा पर्ने लक्षणहरूः

–पेट दुख्नु
–ढाड दुख्नु
–पखाला लाग्नु
–ज्वरो आउनु
–नाकबाट रगत बग्नु
–बान्ता आउनु आदि।

यसरी हुन्छ किड्नी बलियोः

–अधिक पानी हुने चिजहरु खाने।

–नुन कम खाँदा मृगौला स्वस्थ रहन्छ।

–फाइबर सेवन बढाउनुहोस्।

–मांसाहारी तथा दुग्धजन्य पदार्थको सेवन सीमित मात्रामा गर्नुपर्छ।

–रक्तचाप र चिनी नियन्त्रणमा राख्नुपर्छ।

– शारीरिक क्रियाकलापबाट पनि मिर्गौलालाई स्वस्थ राख्न सकिन्छ ।

–समय समयमा स्वास्थ्य परिक्षण गराउनुपर्छ।