काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले संसद् नचलेको अवस्थामा सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याएको तर्क राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष गरेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले सरकारले पठाउने अध्यादेशलाई अघि बढाउन पनि राष्ट्रपति पौडेलसँग आग्रह गरेका हुन्। ल्याउन लागिएका अध्यादेशको औचित्यबारे राष्ट्रपतिलाई जानकारी गराउँदै सरकारले संविधान र कानुनको सीमाभित्र रहेर काम गरिरहेको बताएका हुन्।