तनहुँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीप्रति असन्तुष्ट रहेका जनता र कार्यकर्ताको मन जितेर एमालेलाई पुनः जनताको भरोसायोग्य पार्टी बनाउने बताएका छन् । एमाले तनहुँले शुक्रबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीलाई थप सशक्त र बलियो बनाएर अघि बढाउने बताएका हुन् । उनले एउटा निर्वाचनमा पार्टी पराजित हुँदैमा एमालेको