पृथ्वीनारायण क्याम्पसमा स्ववियू निर्वाचन रोक्न अदालतको आदेश

 काठमाडौँ - गण्डकी प्रदेशको राजधानी रहेको पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियू निर्वाचन प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ ।

अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले चैत २ गतेसम्म निर्वाचनसम्बन्धी कुनै पनि काम कारबाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

अन्तरिम आदेशमा भनिएको छ— ‘अन्तरिम आदेशको छलफलका लागी मिति ०७९ चैत २ को पेशी तारिख तोकी सो दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीहरूलाई सकेसम्म छिटो माध्यमद्वारा जानकारी दिइ उक्त छलफल हुने मितिसम्मको लागि निर्वाचनसम्बन्धी कामरकारबाही अगाडि नबढाउनु भनि अल्पकालिन अन्तरिम आदेश जारी गरिदिइएको छ ।’