गठवन्धन भित्र उपगठवन्धनः रोचक हुँदै उपराष्ट्रपति निर्वाचन

काठमाण्डौँ - राष्ट्रपति निर्वाचनका लागि वनेको तत्कालिन ७ दलिय गठवन्धनमा उपराष्ट्रपति निर्वाचनसम्म आईपुग्दा खटपट देखिएको छ। उपराष्ट्रपति उम्मेदवार छनौटका क्रममा आम नागरिक पार्टीसहित विभिन्न दल मिलेर वनेको १० दलिय गठवन्धनमा असन्तुष्टिका संकेतहरु देखिन थालेका छन्।
 
१० पुसमा प्रधानमन्त्रीका लागि बनेको सातदलीय गठबन्धन, १३ फागुनमा राष्ट्रपतिका लागि भत्किएर नयाँ गठबन्धन बन्यो । जसमा १० दल सहभागी भएर २५ पुसमा भएको राष्ट्रपति चुनावमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराए । तर, शनिबार उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्दासम्म आइपुग्दा भत्किएको छ ।

गठबन्धन नभत्किएको नेताहरूले दाबी गरे पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताका लागि सहमति भएको छ । यी तीन दलले जनमतकी उपराष्ट्रपति उम्मेदवार ममता झालाई सहयोग गर्ने सहमति गरेका छन् । गठबन्धनमा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो । १० दलीय गठबन्धनभित्रै तीन दलको उपगठबन्धन बनेपछि शनिबार उपराष्ट्रपतिमा चार उम्मेदवार बनेका छन् ।