काठमाडौं : यमनको हुथी समूहले साउदी अरबमा गरेको आक्रमणमा परी घाइते भएका एक नेपालीको मृत्यु भएको छ। आक्रमणमा घाइते भएका अन्य दुई नेपाली नागरिक उपचाररत छन् भने एक जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार ब्रिफिङमार्फत दिएको जानकारीअनुसार साउदी अरबको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टअन्तर्गत रहेको पब्लिक इन्भेस्टमेन्ट फन्ड टावर र जजान क्षेत्रमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा चार जना नेपाली नागरिक घाइते भएका थिए।घाइते चारै जनालाई उपचारका लागि रियादस्