काठमाण्डु– पूर्वमुख्यसचिव एकनारायण अर्याललाई हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिनको म्याद दिइएको छ। शुक्रबार जिल्ला अदालत काठमाण्डुले अर्याललाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। भारतको दिल्लीबाट पक्राउ परेका उनलाई सिलगुडी हुँदै बिहीबार पूर्वी नाकाबाट नेपाल ल्याइएको थियो। म्याद थपका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार उनलाई अदालतमा उपस्थित गराएको