राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनमा भाग नलिने

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनको मतदानमा भाग नलिने भएको छ।

राष्ट्रिय सभाको मंगलबारको बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले आफ्नो पार्टीले कुनै पनि दलको अध्यक्ष पदका उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको जानकारी दिए।

बैठकका अध्यक्ष पदका लागि सत्तारुढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल र नेपाली कांगेसका तर्फबाट युवराज शर्मालाई अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तु भएको छ।