राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेनको भेट, के भयो कुराकानी?

  • शुक्रबार​ १२ मंिर २०८३ १०:२० AM
राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटवार्तामा राष्ट्रपति पौडेललाई आफ्नो हालै सम्पन्न भारत भ्रमणका बारेमा प्रधानमन्त्री शाहले जानकारी गराएका हुन् । साथै, सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच मुलुकको समसामयिक विषयमा पनि छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।