काठमाडौं–मुगु सिधा बस सेवा सञ्चालन हुने

  • शुक्रबार​ १२ मंिर २०८३ ०४:०० PM
मुगु : काठमाडौंबाट मुगुसम्म सिधा बस सेवा सञ्चालन हुने भएको छ। यसका लागि दुई यातायात कम्पनीबीच समझदारी भएको छ।काठमाडौंको गोंगबु बसपार्कबाट सेवा दिँदै आएको बटालियन यातायात प्रालि र मुगुको रारा छायानाथ प्रालिबीच काठमाडौं–मुगु सिधा बस सेवा सञ्चालन गर्ने सहमति भएको हो। गोंगबु बसपार्कको काउन्टर नम्बर २८ बाट सेवा दिँदै आएको बटालियन यातायात प्रालिले यसै महिनाको अन्तिम सातादेखि मुगुको सदरमुकाम गमगढीसम्म दैनिक सिधा बस सेवा सञ्चालन गर्ने तयारी गरिरहेको उक्त कम्पनीका इन्चार्ज हेमराज विश्वकर्माले जानका