काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहबीच भेटवार्ता भएको छ। राष्ट्रपति निवासमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो।प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। उनीहरूबीच समसामयिक विषयमा पनि छलफल भएको थियो।यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए।