घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

काठमाडौँ । सुर्खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

बारा जिल्ला घर भई हाल सुर्खेतको वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित दैलेखी टोल बस्ने अन्दाजी ३२ वर्षीय अनिल पट्टेल मृत अवस्थामा फेला परेका हुन्।

मंगलबार बिहान करिब ११ बजेको समयमा पट्टेलको शव घाँटी काटिएको अवस्थामा उनकै घरमा फेला परेको सुर्खेत प्रहरीले जनाएको छ ।

उनको घाँटीमा गहिरो चोट लागेको घटनास्थल पुगेका एक प्रहरीले जानकारी दिए। उनका अनुसार घटनास्थलमा रगत लागेको चुलेसी समेत फेला परेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।