काठमाडौं : १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेटमा एपीएफ क्लवले कोशी प्रदेशलाई हराएको छ। कालिन्चोक मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विभागीय टोलीले कोशी प्रदेशमाथि ११ रनको जीतसहित तालिकामा २ अंक जोडेको हो। एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रन बनाएको थियो। एपीएफले दिएको १५५ रनको लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्रै बनाउन सक्यो।कोशीका लागि अंकित सुबेदीले सर्वाधिक ५२ रन बनाए । उनले ३९ बलमा ५ चौका