काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा गरिएको भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने सहमति सकारात्मक रहेको बताएका छन् । प्रेस चौतारी नेपाल, कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले त्यससम्बन्धी प्राविधिक विषयलाई छिटो टुङ्ग्याएर उक्त हवाई प्रवेशमार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन सरकारले तदारुकता देखाउनुपर्ने बताएका हुन् । प्रधानमन्त्रीबाट भारतको भ्रमणका क्रममा भएका सहमति÷समझदारी कार्यान्वयन