काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि ४ दिन प्रहरी हिरासतमा राख्न समय दिइएको छ । काठमाडौं जिल्ला अदालतले शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सो अनुमति दिएको हो । विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट बिहीबार पक्राउ परेका अर्याललाई अनुसन्धानका लागि समय माग गर्दै शुक्रबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएको थियो । सीआईबीले बिहीबार