सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपाल (आरबीएन) सँगको सहकार्यमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक चारपांग्रे सवारी साधनका लागि ‘एन–ट्याग’ सेवा सञ्चालनमा ल्याएको छ । सवारी साधनको अगाडिको सिसामा टाँसिने यस विद्युतीय स्टिकरको मद्दतले टोल बुथमा नरोकीकन तोकिएको एन–ट्याग लेनबाट सिधै गुड्दा स्वचालित रूपमा टोल शुल्क भुक्तानी हुन्छ । यसले टोल बुथमा लामो समय कुर्नुपर्ने