धादिङमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु, २ घाइते

काठमाडौँ । धादिङमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन् ।

आइतबार राति  ८ बजेर २० मिनेटमा बेनिघाट रोराङ गाउँपालिका–२, छापडाँडामा बा ४ ख ३५५९ नम्बरको टिपर दुर्घटना भएको हो। टिपर आफैँ अनियन्त्रित भई बाटोछेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। 

दुर्घटनामा टिपरमा सवार तीनजना घाइते भएका थिए । उपचारका निम्ति उनीहरूलाई मलेखुस्थित अस्पतालमा ल्याइएको थियो।

उपचारका क्रममा बेनिघाट रोराङ–२ का २९ वर्षीय गोविन्द श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख गौतम मिश्रले जानकारी दिए।  घटनामा दुई जना घाइतेको मलेखुमा उपचार भइरहेको छ।