काठमाण्डु- नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्। संघको उपाध्यक्षमा कुमारी बैंकका सीईओ रामचन्द्र खनाल चयन भएका छन्। यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहेका रेग्मीलाई शुक्रबार हुने संघको साधारणसभाले औपचारिक रूपमा अध्यक्ष घोषणा गर्नेछ। पछिल्ला केही वर्षदेखि संघमा उपाध्यक्षलाई नै अध्यक्ष बनाउने अभ्यास रहँदै आएको छ। यसअघि