काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले चीन भ्रमणबाट फर्किएपछि पार्टी सभापति रवि लामिछानेलाई भ्रमणबारे ब्रिफिङ गरेका छन्। बिहीबार नेपाल फर्किएको २० सदस्यीय भ्रमण टोलीका नेता आचार्यले शुक्रबार सभापति लामिछानेलाई भेटेर भ्रमणका क्रममा भएका राजनीतिक भेटघाट, छलफल र अवलोकनबारे जानकारी गराएका हुन्। नोभेम्बर १५ देखि २६ सम्म चीनका विभिन्न प्रान्त तथा सहर सिचुवान,