माधव नेपाल धनगढी पुगे, प्रचण्ड भोलि जाँदै

काठमाण्डोँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज धनगढी पुगेका छन् । उनी पार्टीको प्रदेश कमिटी बैठकका लागि धनगढी पुगेका हुन् । अध्यक्ष नेपाल आज पार्टीको बैठकमा सहभागी हुनेछन् भने भोलि प्रशिक्षण कार्यक्रममा सहभागी हुने समाजवादीले जनाएको छ ।

यस्तै, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड‘ भोलि धनगढी जाने भएका छन् । उनी भोलि गेटामा रहेको गेटा मेडिकल कलेजको निरीक्षण गर्नेछन् । त्यसलगत्तै कञ्चनपुरमा हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नका लागि धनगढी जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री  प्रचण्ड र अध्यक्ष नेपाल भोलि काठमाडौं फर्किनेछन् ।