माओवादीको केन्द्रीय समितिको बैठक बस्दै, के छ एजेन्डा ?  

काठमाडौँ । आज पनि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्ने भएको छ ।

काठमाडौँको भृकुटीमण्डमा आइतबारदेखि सुरू भएको केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजेदेखि सुरू हुनेछ।

केन्द्रीय कमिटी बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा र भोलिदेखि सुरू हुने विधान सम्मेलनबारे छलफल मुख्य एजेन्डा राखिएको छ।

आइतबार प्रदेश इन्चार्जहरूले विशेष रूपान्तरण अभियानको रिपोर्ट प्रस्तुत गरेका थिए। बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुनेछ।