सार्वजनिक यातायातमा यात्रा गर्दा यात्रुको नजर झ्यालबाहिरका दृश्य, सडकको चहलपहल र सवारीभित्र राखिएका विभिन्न विज्ञापनमा पर्नु स्वाभाविक हो । व्यापारिक प्रचारका लागि बस तथा अन्य सार्वजनिक सवारीसाधनमा विज्ञापन राख्ने चलन पनि नयाँ होइन । तर, यात्रुको ध्यान खिच्ने नाममा सार्वजनिक यातायातमा प्राणघातक हतियारको तस्बिरसहितको विज्ञापन राखेको पाइएपछि त्यसले नयाँ प्रश्न जन्माएको छ । नेपाल न्यूज