चार महिने माओवादी अभियान सफल भएको निष्कर्ष

काठमाडौँ - नेकपा माओवादी केन्द्रले पार्टीले सञ्चालन गरेको चार महिने अभियान सफल भएको निष्कर्ष निकालेको छ । 

सोमबार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय समिति बैठकले समग्र रुपमा पार्टीको अभियान सफल भएको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । अभियानका समिक्षा गर्दै माओवादीले कार्यकर्तालाई चार भागमा विभाजन गरेको छ । माओवादीको विधान सम्मेलन फाल्गुन १ देखि ३ गतेसम्म चल्दै छ ।