काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमण नेपालको राष्ट्रिय हितका मुद्दा उठाउन असफल भएको टिप्पणी गरेका छन्। उनले सीमा विवाददेखि हवाई रुट र दुई देशबीचका पुराना सहमतिका विषयमा समेत भ्रमणले कुनै ठोस उपलब्धि दिन नसकेको बताएका हुन्। प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले प्रधानमन्त्रीको भ्रमणले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सरोकारका विषयलाई सम्बोधन गर्न नसकेको बताए। विगतमा राष्ट्रियताको विषयमा अभिव्यक्ति दिँदै आएका प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपालको हितसँग जोडिएका मुद्दा प्रभावकारी रूपमा प्रस्तुत गर्न नसकेको उनको आरोप थियो। पोखरेलले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणले ... The post प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनाएको छ : शंकर पोखरेल appeared first on Kalika Khabar.