भक्तपुर : प्रतिनिधि सभा सदस्य डा. गङ्गालक्ष्मी अवालले व्यवस्थापन बिना होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासीलाई हटाउन नहुने बताएकी छन् । सरकारले १५ दिनभित्र व्यवस्थापन गर्ने प्रतिवद्धतासहित होल्डिङ सेन्टरमा राखेका नागरिकलाई ८ महिना बितिसक्दा पनि व्यवस्थापन बिना हटाउन लागेको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन् ।शुक्रबार बिहान बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रस्थित होल्डिङ सेन्टर अवलोकन गर्न पुगेकी प्रतिनिधि सभा सदस्य अवालले त्यहाँ रहेका विस्थापित सुकुम्बासीको समस्या गम्भीर रहेको