मुस्ताङको घरपझोङ गाउँपालिका–२ स्थित जनवल माध्यमिक विद्यालयमा नयाँ विद्यालय भवन, शिक्षक आवास र छात्रावास निर्माण हुने भएको छ । उक्त संरचना निर्माणका लागि भारत सरकारको आर्थिक सहयोगमा सञ्चालन हुने परियोजनाको बिहीबार शिलान्यास गरिएको छ । नेपालस्थित भारतीय दूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेय र घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्