नेपालको पुरानो पार्टी नेपाली कांग्रेसका यतिबेला दुई धारमा विभाजित छ । दुवै पक्षले समान्तर गतिविधि गरिरहेका छन् । दुई पक्षका नेताहरु एकअर्काको अस्तित्व स्वीकार्ने अवस्थामा छैनन् । दुवै पक्ष फरक फरक रणनीति र कार्यक्रममा व्यस्त छन् । निवर्तमान सभापति शेर बहादुर देउवा पक्ष काठमाडौंको चुनदेवीमा कार्यालय स्थापना गरेर १५ औं नियमित महाधिवेशनको तयारीमा जुटेको छ